आज प्रतिनिधिसभा बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची



काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे ।

संघीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबारको आजकाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।


आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।