स्थानीय तह निर्वाचनमा भाग लिने दलहरूलाई आयोगको १७ बुँदे निर्देशन (पूर्ण पाठसहित)



काठमाडाैँ । निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न आज स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गरेको छ ।

निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारीसम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाको काम, कर्तव्य र अधिकारसम्बन्धी विषय समेटिएको छ । निर्देशिकामा उम्मेदवारको योग्यता तथा मनोनयन, मतदाता नामावली, मतदान र मतगणनासम्बन्धी व्यवस्थालगायत निर्वाचनको प्रभावकारी व्यवस्थापनसम्बन्धी विषय समावेश छन् ।


आयोगले नेपालको संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानूनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानूनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था आयोगले गरेको हो । उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा देहायका बँुदा समावेश गरिएको आयोगले जनाएको छ ।