वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल



कर्णाली । पैदल र सवारीसाधनको प्रतिक्षामा बस्ने नागरिकको सुविधाका लागि वीरेन्द्रनगरका २० स्थानमा विश्रामस्थल निर्माण गरिएको छ । लामो तथा छोटो दुरीको यात्रामा निस्कने यात्रु र पैदलयात्रीका लागि विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले नगरका मुख्य २० स्थानमा विश्रामस्थल निर्माण गरिएको हो ।

विभिन्न सरकारी एवं गैरसरकारी निकायको समन्वयमा वडा–६, ७ र ८ मा विश्रामस्थल सञ्चालनमा ल्याइएको छ । यहाँका मङ्गल गढी, आँखा अस्पताल, घण्टाघर चोक, खुलामञ्च क्षेत्रमा विश्रामस्थल निर्माण गरिएको छ । अन्तरनिर्भर समाज कार्यकारी व्यवस्थापक विवेकजङ्ग शाहीले प्रतिविश्रामस्थल करिब रु ४७ हजार लागतमा निर्माण भएको जानकारी दिए ।


त्यस्तै सफा र सुन्दरनगर बनाउने उद्देश्यले नगरपालिकाको आग्रहमा नगरका १०० बढी स्थानमा ३०० थानफोहोर राख्ने प्लाष्टिकका बाल्टिन (डस्बिन) राख्ने लागिएको छ । आत्मनिर्भर समाजका व्यवस्थापक शाहीका अनुसार एक स्थानमा तीन प्रकारका डस्बिन राख्न नगरपालिकाले स्थान तोकिसकेकाले पहिलो चरणमा १५ स्थानमा ४५ थानडस्बिन राख्न लागेको बताए ।

हरितनगर बनाउन वीरेन्द्रनगरका तीन वडामा फूलफुल्ने र फललाग्ने एक हजार प्रजातिका बिरुवा रोप्ने तयारी भइरहेको जनाइएको छ ।