नवलपुरबाट चुनाव लड्ने शशांक कोइरालाको घोषणा



कावासोती । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

नेपाली कांग्रेस नवलपुरको ‘घर घर जाऊ काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा सहभागी हुन गृहजिल्ला नवलपुर आएका कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै साे घोषणा गरेका हुन् ।


‘तीन पटक नवलपुरबाट जितेँ, अब मोरङ, सुनसरी, झापा तिरबाट चुनाव लड्नु पर्यो भन्ने कुरा आएको छ। तर, म नवलपुरबाट नै चुनाव लड्छु भनेको छु।’

नवलपुरको विकासको सपना आफूले पूरा गर्न बाँकी रहेकाले पनि चौंथो पटक आफू यही क्षेत्रबाट चुनाव लड्ने कोइरालाले बताए । आफूले देखेको सपना पूरा गर्न सरकारले मात्रै नसक्ने भएकाले दातृ राष्ट्रसँग आफूले पहल गरेको उनको भनाइ छ। नवलपुरको सपना पुरा गरेपछि मात्रै राजनीतिबाट अवकाश लिने कोइरालाले बताए ।