२४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि, १६०० जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७४४९३ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप १६०० जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९४४३३७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११९०५ पुगेको छ ।

हाल क्वारेन्टाइनमा ११२ जना छन् भने आइसोलेसनमा १८,२५१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।