१० जना डीएसपीको काज सरुवा



काठमाडौँ । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ । कार्यालयले आइतबार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो । रसुवामा कुलदीप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङलाई पठाइएको छ ।

यस्तै सातदोबाटो वृत्तमा मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई काजमा खटाइएको छ । दोलखाका डीएसपी भेषराज रिजालको अपराध महाशाखामा काज सरूवा भएको छ ।


यस्तै रामेछापका नवराज ढुङगाना प्रदेश १ प्रहरी कार्यालय मोरङमा, रसुवाका देवेन्द्र पाण्डेको जगेडा पुलमा काज सरूवा भएको छ । यस्तै प्रहरी वृत्त चापागाउँका टेकबहादुर कार्की क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल र सातदोबाटोका दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा काज सरूवा गरिएको छ ।