स्रोत नखुलेको ७० लाख रुपैयाँसहित काठमाडौबाट एकजना पक्राउ



काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ ।

नुवाकोट ककनी गाउँपालिका ३ चाउथेका नवराज ढुंगनालाई मंगलबार महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुको संयुक्त टोलीले काठमाडौंको बाइपासबाट पक्राउ गरेको हो ।


पक्राउ परेका २९ वर्षीय ढुंगानालाई बालाजु वृत्तमा राखी अनुसन्धान थालिएको डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।