संस्कृतिविद् जोशी अस्पतालबाट घर फिर्ता



काठमाडाैँ । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्केका छन् ।

ललितपुरको ग्वार्काेस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी आज पाटनस्थित निवासमा फर्केकाे उनका भतिज अजर जोशीले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिले संस्कृतिविद् जोशीको स्वास्थ्यलाभको कामना गरेका थिए ।