संसद् भवन अगाडिको शङ्कास्पद वस्तु निष्क्रिय



काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा सोमबार भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको छ ।

नयाँ बानेश्वरको मुख्य सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद प्रेसर कुकर निष्क्रिय पारेको हो । साथै, सेनाले उक्त शङ्कास्पद वस्तु बम नरहेको जानकारी दिएको छ ।