रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन



काठमाडौं, फागुन १६ गते । रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो ।

केही मुलुकका बैंकहरुलाई स्विफ्ट अन्तर्राष्ट्रिय पेमेन्ट व्यवस्था प्रयोग गर्न प्रतिबन्ध लगाएपछि रुबलको अवमूल्यन भएको छ ।आइतबार रुसको केन्द्रीय बैंकले सबैमा शान्त रहन अपिल गरेको छ ।


युरोपेली सङ्घ, अमेरिका र उसको न्याटो गठबन्धनले रुसलाई आर्थिक रुपमा एक्ल्याउन विभिन्न प्रकारले आर्थिक नाकाबन्दी लगाएका छन् ।विदेशमा रहेका आर्थिक सञ्चितिमा पहुँच नपुगोस् भनेर रुसको केन्द्रीय बैंकका सम्पत्तिहरु फ्रिज हुनसक्ने समाचार बीबीसीले जनाएको छ ।