राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदीलाई आममाफी घोषणा



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६  बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् । 

यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।