राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

sf7df8f}F, @# df3 M 6Lsf u|x0f ub}{ /fi6«klt e08f/L /fi6«klt ljBfb]jL e08f/L j;Gt k~rdLsf cj;/df sf7df8f}Fsf] xg'dfg9f]sf b/af/l:yt gf;nrf]sdf cfOtaf/ cfof]lht ljz]if ;df/f]xdf 6Lsf u|x0f ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;


काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गरेकाे छ ।

राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे ।


वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।