बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्रील शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालय अनुसार बुधबार संसदीय दलको बैठक सके लगत्तै बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल जारी रहेको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एमसीसीको विषयमा छलफल भइरहेका सचिवालयले जनाएको छ ।


संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।