बाघले दुई गैँडा मार्यो



चितवन । चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन् । बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशङ्का गरिएको उनले बताए ।


माउलाई भालेले आक्रमण गरेको हुनसक्ने आचार्यको भनाइ छ । ती गैँडाका खाग र खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षमा २७ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरीशिकारीको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक र मानवीय त्रुटिका कारणले मरेका हुन् ।