नेपालमा दुई दिनमा २३ लाख ४० हजार मात्रा मोडर्ना खोप भित्रियो



काठमाडौँ । नेपालमा दुई दिनमा २३ लाखभन्दा बढी कोरोनाविरुद्धको मोडर्ना खोप भित्रिएको छ ।

सोमबार ११ लाख ७० हजार र मङ्गलबार ११ लाख ७० हजार गरेर २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल भित्रिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए ।


उक्त खोप कोभ्याकस सुविधाअन्तर्गत विश्व बैंकको ऋण सहयोगमा ल्याएको डा. चौरसियाले बताए । सो खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने बताइएको छ ।