थप ३ हजार १७५ जनामा कोरोना संक्रमण, १४ को मृत्यु



काठमाडौँ । नेपालमा थप ३१७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१७५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६२५१७ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ८७२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८८७४४३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७७८ पुगेको छ ।

क्वारेन्टाइनमा १३८ जना छन् भने आइसोलेसनमा ६३२९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।