थप १८० जनामा काराेना सङ्क्रमण पुष्टि



काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप एक जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ३४१ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसीआर विधीबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ९८४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३९ हजार हजार ३८७ रहेको छ ।


पछिल्लो समय थप ४०० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५६ हजार ४१३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३६ पुगेको छ भने आज थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४१ हजार १२१ ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ८ हजार २३५ रहेको छ । अहिले होम आइसोलेशनमा आठ हजार २१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २१४ आइसीयुमा ८० र भेन्टिलेटरमा ६ जनाले उपचार गराईरहेका छन् ।