एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको चीनको आरोप



बेइजिङ । चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिएको आरोप लगाएको छ। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ विदेश मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले ‘धम्की कुटनीति’ सुरू गरेको आरोप लगाउँदै आफूले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएको हो ।

परराष्ट्रका प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ’धम्की कुटनीति’ सुरू गरेको भन्दै चीनले यसको प्रतिरोध गर्ने बताए । उनले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए । एमसीसीकाबारेमा नेपाली राजनीतिक दल विभाजित हुँदा दिनहुँजसो आन्दोलन भइरहेको छ ।