एमसीसी जबर्जस्ती संसदमा पेस गरेकाेमा गम्भीर आपत्ति छ : महरा



काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सरकारले जवर्जस्ती संसदमा पेस गरेको भन्दै आपत्ति जनाएका छन् ।

आइतबार साँझ विज्ञप्ति जारी गरी महराले सत्तारुढ दलभित्रै सहमति नगरी जवर्जस्ती ढंगले एमसीसी संसदमा पेस गरिएको भन्दै आपत्ति जनाएका हुन् ।


त्यस्तै उनले एमसीसीको विरोधमा उत्रिएका विभिन्न दलसँग सम्बद्ध नेता कार्यकर्तामाथि प्रहरी दमन गरिएको भन्दै विरोध गरेका छन् र उनीहरुको उपचार गर्न सरकारसँग माग गरेका छन् ।