५५८३ जनामा कोरोना संक्रमण, ८२६७ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५५८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९५७५७० पुगेको छ ।


त्यस्तै पछिल्लाे २४ घण्टामा ८२६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ८७११६५ पुगेको छ । हाल संक्रमणमुक्त हुने दर ९१ प्रतिशत रहेकाे छ ।

त्यस्तै पछिल्ले २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११७५२ पुगेको छ । हाल काराेनाबाट हुने मृत्युदर १.३ प्रतिशत रहेकाे छ ।

क्वारेन्टाइनमा १३७ जना छन् भने आइसोलेसनमा ७४६५३ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।