४८ क्युफिट काठसहित एक पक्राउ



तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटारबाट अवैध सालको काठसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा भरतपुर महानगरपालिका–७ मङ्गलपुर बस्ने ५१ वर्षीय कमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिका–५ घिनाटारस्थित कच्ची सडकमा देवपुरबाट दासढुङ्गा जाँदै गरेको ना२च ७३७५ नम्बरको जीपमा अवैध साल जातको काठ ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले अवैध सालको काठ र जीपसहित चालकलाई पक्राउ परेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।


प्रहरीले ७४ थान अर्थात् ४८.९५ क्युफिट बराबरको चिरान काठ बरामद गरेको छ । काठ र जीपसहित चालकलाई आवश्यक कागजातसहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय तनहुँमा बुझाइएको प्रहरीले जनाएको छ ।