स्थगित भएका लोकसेवा आयोगको परीक्षा फागुन ६ गतेदेखि



काठमाडौँ । कोरोनाको तेस्रो लहरका कारण स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन पहिलो सातादेखि सञ्चालन हुने भएको छ । लोकसेवा आयोगले परीक्षाको समय तालिका सार्वजनिक गर्दै स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हाे ।

आयोगले उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ ।