सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



काठमाडाैँ । सत्ता गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि प्रतिनिधि सभामा प्रस्तुत गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो । 


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी छन् । 

गठबन्धन बैठकअघि प्रधानमन्त्री देउवाले आफू निकट नेताहरुसँग आन्तरिक छलफल गरेका थिए ।