सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीलाई निकास दिने विषयमा छलफल जारी रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा गठबन्धन बचाउने र एमसीसीलाई निकास दिने विषयमा छलफल भएको उनको भनाइ छ।


‘एमसीसीलाई कसरी निकास दिने र गठबन्धन बचाउने विषयमा छलफल भइराखेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘सकेसम्म गठबन्धन बचाउनेमा हाम्रो जोड छ ।’ सत्तारुढ गठबन्धनमा रहेका माओवादी, समाजवादी पार्टीसँगै जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो।