संचारमन्त्रीद्वारा एमसीसी सम्झौता टेबल, प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्म स्थगित



काठमाडौँ । सरकारले प्रतिनिधिसभामा एमसीसी सम्झौता पेश गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेश गरेका हुन् ।

सत्तारुढ दलका सांसदहरुको विरोधकाबीच मन्त्री कार्कीले संसदमा पेश गरेका थिए । यसअघि आजै बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्न सहमित गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा सम्झौता पेश गर्ने संसदको कार्यसूची भएपनि बैठकमा अर्थमन्त्री अनुपस्थित भएपछि संचारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।


एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ । सभामुख ले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।