शुक्रबार दिउँसो १ बजे सम्मका लागि संसद बैठक स्थगित



काठमाडौँ । शुक्रबार दिउँसो १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको कार्यव्यवस्था समिति बैठकमा संसद बैठकको कार्यसूचीमा सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।


सरकारको आग्रहमा बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।