माओवादी केन्द्रको बैठक अनिश्चितकालका लागि स्थगित



काठमाडाैं, माघ २७ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को माघ २९ र २९ गते काठमाडौंमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

बैठक विशेष कारणबस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।