बालबालिकालाई आजदेखि फाइजर खोप



काठमाडौँ । काठमाडौँमा सोमबारदेखि कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ ।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले यसअघि फाइजर खोप लगाएका बालबालिकाहरूलाई दोस्रो चरणको खोप लगाउन लागिएको बताए । उनले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म फाइजर खोपको दोस्रो मात्रा खोप अभियान सञ्चालन हुन लागेको जानकारी दिए ।


हरेक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख काफ्लेले भने, “कुन विद्यालयमा कहिले खोप लगाउने टुङ्गो काठमाडौँ महानगरपालिका र अन्य नगरपालिकाहरूले गर्नेछन् ।” काफ्लेले काठमाडौँमा यसअघि दुई लाख सात हजार जना १२ देखि १८ वर्षसम्मका बालबालिकाहरूले खोप लगाएको जानकारी दिँदै अब दोस्रो चरणको खोप पनि उनीहरूलाई लगाइने बताए ।