थप ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८३१ जना सङ्क्रमणमुक्त



काठमाडाैँ । पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन परीक्षण गर्दा क्रमशः २९९ र १७७ गरी कूल ४७६ मा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ लाख १४ हजार ७१ पुगेको छ ।


यस अवधिमा ८३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म नौ लाख ५३ हजार ४३० सङ्क्रमणमुक्त भएका छन् । निको हुने दर ९७.७ प्रतिशत छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ७४७ रहेका छन् । यस अवधिमा थप तीन जनाको मृत्यु भएसँगै नेपाल कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९२८ पुगेको छ ।