थप ३८८ जनामा कोरोना संक्रमण, १२०५ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७५८०६ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५२५९९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११,९२५ पुगेको छ ।

हाल क्वारेन्टाइनमा १०७ जना छन् भने आइसोलेसनमा ११,२८२ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।