थप ३६३७ जनामा काेराेना संक्रमण पुष्टि, १२ काे मृत्यु



काठमाडौँ । नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,४९९ जनाको पीसीआर परीक्षण गर्दा २,२०५ र ५,०८३ जनाको एन्टिजेन परीक्षण गर्दा १,४३२ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ७,५५५ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ८१५७९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर ६९२९१ जना सक्रिय संक्रमित रहेका छन् ।