थप १७१४ जनामा कोरोना संक्रमण, ८५१३ जना संक्रमणमुक्त



काठमाडौँ । नेपालमा थप १७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९६५२२२ पुगेको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा थप ८५१३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९००६३९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११८०३ पुगेको छ ।

क्वारेन्टाइनमा १३१ जना छन् भने आइसोलेसनमा ५२७८० सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।