टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द



रूपन्देही । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार काठमाडाैँबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ ।