जुम्लामा अनलाइनबाट विद्युत्को बिल भुक्तानी सेवा सुरू



जुम्ला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत्को अनलाइन बिल भुक्तानी सेवा सुरु गरेको छ । मङ्गलबार नेपाल विद्युत् प्राधिकरण जुम्लाले एक सूचना जारी गर्दै अनलाइन भुक्तानी सेवा सुरु गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रले अब अनलाइन भुक्तानीबाट बिल तिर्न सकिनेछ । जहाँबाट जहिले अनलाइनबाट विद्युत्को बिल तिर्न सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख नरेश रावलले जानकारी दिए । अनलाइनमार्फत बिल भुक्तानी गर्दा कार्यालय धाउनुनपर्ने सेवाग्राहीलाई सहज र झन्झटरहित भएको कार्यालय प्रमुख रावलले बताए ।


सो अनलाइन सेवाले गर्दा सेवाग्राहीलाई छिटोछरितो र आफ्नो समय अनुकूल भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले अनलाइन भुक्तानी गर्दा महसुल सङ्कलन काउन्टर थप गर्नु नपर्ने, जनशक्ति माथिको लागत घट्ने र भएका जनशक्तिलाई अन्य कार्यमा लगाउँदा प्रभावकारी सेवा दिन सकिने केन्द्रले जनाएको छ ।