कोरोनाबाट मृत्यु हुने ६०–६९ वर्ष समूहका बढी



काठमाडाैँ । विश्वव्यापी महामारीका रूपमा देखापरेका कोभिड–१९ सङ्क्रमणबाट नेपालमा झण्डै १२ हजारले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार कोरोना सङ्क्रमणबाट ११ हजार ९३२ जनाको ज्यान गएको छ । कोरोनाको विभिन्न ‘भेरियन्ट’मध्ये डेल्टा भेरियन्टका कारण नेपालमा धेरै नागरिकको मृत्यु भएको थियो ।

पछिल्लो समय फैलिएको ‘ओमिक्रोन’ भेरियन्ट बढी सङ्क्रामक देखिए पनि कम घातक पाइएको चिकित्सकको भनाइ छ । पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोनाका कारण मुत्यु भएको छ । नेपालमा कुल सङ्क्रमितको १.२ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।


नेपालमा कोरोनाबाट सबैभन्दा बढी ६० देखि ६९ वर्ष उमेरसमूहका व्यक्तिले ज्यान गुमाएका छन् । सो उमेर समूहका दुई हजार ५०१ को सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका दुई हजार ३७५, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २९३ र ४० देखि ४० वर्प उमेर समूहका एक हजार ६६३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै ८० वर्षभन्दा माथि उमेरसमूहका एक हजार ६३७, ३० देखि ३९ वर्ष उमेर समूहका ९३६, २० देखि २९ वर्ष उमेर समूहका ३७९, नौ वर्ष मुनिका ५१ र उमेर नखुलेका १३ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।