कार्यव्यवस्था समितिको बैठक बानेश्वरमा जारी



काठमाडौँ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा नेपाली काँग्रेसका सचेतक पुष्पा भुषाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ, नेकपा एकीकृत समाजवादीका सांसदहरु उपस्थित छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि उपस्थिति नरहेको जनाइएको छ ।


बुधबार नै प्रतिनिधिसभा संसद बैठक अघि सभामुखको नेतृत्वमा कार्यव्यवस्था परामर्श बैठक बसेको हो । संसदको सम्भावित कार्यसूचीमा भने अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय समावेश भएको छैन ।