गठबन्धन बैठक : एमसीसी संसदमा पेश हुने, गठबन्धन नटुट्ने



काठमाडाैँ । सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसीलाई संसदमा पेश गर्ने सहमति जुटेको छ ।

आईतवार वालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको वैठककले सरकारलाई एमसीसी संसदमा पेश गर्न दिने सहमति भएको हो । तर सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले भने एमसीसी संसदमा पेश गर्ने छैन्न ।


यो संगै तत्काल मुख्य सत्ता सहयात्री नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता नछोडने भएका छन । सत्ता गठबन्धन कायमै राख्ने शर्तमा एमसीसी संसदमा पेश हुने भएको हो ।