एमसीसी संसदमा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय



काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले संसदमा दर्ता भएको एमसीसी सम्झौता टेबल गर्न दिने निर्णय गरेको छ । शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकले यथास्थितिमा पारित गर्न नसकिने तर संसदमा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिएका छन् ।

यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।


यसलाई संशोधन गरेरमात्र पारित गर्न सकिने पार्टीको धारणा रहेको उनले बताए । यसबारे थप निर्णय गर्नुपरे बैठकले थप अधिकार केन्द्रीय सचिवालयलाई दिएको पनि खतिवडाले जानकारी दिए ।