एमसीसी संसदमा आजै टेबल हुन्छ : प्रवक्ता कार्की



काठमाडाैँ । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने भएको छ । 

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सो निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई जानकारी दिए ।


‘एमसीसी आजै टेबल हुन्छ, संसदमा टेबल भएपछि त्यहीबाट प्रतिपक्षको धारणा खोजिन्छ’, गठबन्धनको बैठकपछि मन्त्री कार्कीले भने ।

यसअघि एमसीसी टेबल गर्ने कि नगर्ने भन्नेमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहदै आएको थियो । लामो समयको विवादपछि सत्ता गठबन्धन सहमतिमा पुगेको हो । संसदको बैठका आज दिउसो १ बजे बस्ने तय भएको छ ।