एमसीसी पहिल्यै पारित नगर्दा विदेशी शक्तिहरूको क्रिडास्थल बन्न पुग्यो : अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै एमसीसी संसद्मा नल्याउँदा अहिलेको अवस्था सृजना भएको बताएका छन् । आइतबारको संसद् बैठकपछि अन्तरक्रिया गरी अध्यक्ष ओलीले पहिले नै एमसीसी पारित गरेको भए अहिलेको अवस्था सिर्जना नहुने बताएका हुन् । उनले एमसीसीका कारण अहिले नेपाल विदेशी शक्तिहरूको क्रिडास्थल बन्न पुगेको बताए ।

ओलीको भनाई उदृत गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने,‘ एमसीसीबारे पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन । विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्मा आयो । यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो । अहिले पनि सत्ता र सभामुख द्वन्द्व बढाउन खोजिरहेका छन् ।’