इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँट



काठमाडाैँ । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले काठमाडौँमा आज शेयर बाँडफाँट गरेको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्कासन गरेको आइपिओमा कूल २३ लाख ३१ हजार २५८ ले दुई करोड ६४ लाख ३० हजार ३३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।


आवेदन दिएकामध्ये दुई हजार ५५२ को आवेदन रद्द भएको र बाँकी २३ लाख २८ हजार ७०६ योग्य आवेदकमध्ये ५१ हजार ६७० आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । यसरी वितरण गरेर बाँकी रहेको आठ कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने आठ जनालाई एकएक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले गत माघ २६ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार मूल्य बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता आइपिओको बिक्री खुला गरेको थियो । जसको पाँच प्रतिशतअर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशतअर्थात् ११ हजार ११२ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी पाँच लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि आवेदन दिन सर्वसाधारणलाई आह्वान गरेको थियो ।

बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।