आगोले जलेर जुम्लामा एकको मृत्यु



जुम्ला । जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ । ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चन्देले बताए । बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए ।


चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाय चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।