राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादीको निर्णय



काठमाडौँ । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशा (एमसीसी) सम्झौताका विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निष्कर्श निकालेको छ ।संसदीय दलको बैठकले यथास्थितिमा एमसीसीका पक्षमा उभिन नसक्ने निर्णय गरेको हो ।

माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी कुनै एजेण्डा नल्याउन र प्रमुख विपक्षी एमालेसँग सदन सुचारु गर्न वार्ता गर्ने निर्णय गरेको छ ।


सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली काँग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आए पनि यो यस विषयमा गठबन्धनभित्र छलफल र सहमति नजुटेका कारण संशोधन र परिमार्जन नगरी अगाडि बढाउन नसकिने माओवादी केन्द्रका सचेतक देव गुरुङले बताए ।

‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने र संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन । संसद् सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन ।’। गुरुङले बताएका छन् ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसद्को बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गरेका थिए । तर गठबन्धनमा रहँदै आएको माओवादी केन्द्रले यस विषयमा राष्ट्रिय सहमति जुट्नुपर्ने निर्णय गरेको हो