मृतावस्थामा गैँडा फेला



चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ ।

जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार खाग, खुर सुरक्षित अवस्थामा रहेका छन् । अन्दाजी १८÷२० वर्षको गैँडा मृतावस्थामा फेला परेको हो ।


यसअघि फागुन ९ गते निकुञ्जको खोरीया मुहान क्षेत्रमा बाघले खाएको अवस्थामा पाँच÷छ महिनाको बच्चा फेला परेको थियो । यीसँगै चालु आवमा प्राकृतिक कारणबाट २७ र चोरी सिकारीबाट दुई वटा गैँडा मरेका छन् ।