बिहीबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक



काठमाडौँ । संसद सचिवालयले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।  

सार्वजनिक गरिएको कार्यसूचीअनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।


यस्तै अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।