जे एण्ड जे खोप लगाएको छ महिनापछि बुस्टर डोज लगाउन मिल्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौँ । सरकारले ज्यान्सेन (जे एण्ड जे) खोप लगाएका व्यक्तिले पनि ६ महिनापछि बुस्टर डोज लगाउन मिल्ने जानकारी दिएको छ ।

विभिन्न जिल्लाहरुबाट जे एण्ड जे खोप लगाएकाहरुलाई के गर्ने भन्ने जिज्ञासा आएपछि मन्त्रालयले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै ज्यान्सेन लगाएको छ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने जानकारी दिएको हो ।


कोभिड १९ विरुद्धको अन्य खोप लगाएका व्यक्तिले जस्तै १८ वर्ष पूरा भई जे एण्ड जे खोप लगाएका व्यक्तिले छ महिनापछि बुस्टर डोजको मात्रा लगाउन मिल्ने मन्त्रालयको सूचनामा उल्लेख गरेको छ ।

सूचनामा जे एण्ड जे खोप लगाएका व्यक्तिहरुलाई पनि छ महिनापछि उपलब्ध भएमा सोही खोप, नभए कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप लगाउन मिल्ने जनाएको छ ।