एसईई वैशाख ९ गतेदेखि गर्ने निर्णय



काठमाडौँ। माध्यामिक शिक्षा परीक्षा (एसईई)  २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ ।


स्थानीय तहको चुनावलाई ध्यान दिँदै वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । पछि कर्मचारीहरू निर्वाचनमा खटिने भएकाले परीक्षा प्रभावित हुनसक्ने भन्दै उनले वैशाख ९ बाट परीक्षा सञ्चालन हुने बताएका हुन् ।

दुई वर्ष कोरोना महामारीका कारण हुन नसकेको एसईई यस पटक हुन लागेको हो ।