रुसमा १२४,०७० जना नयाँ सङ्क्रमित, ६२१ को मृत्यु जनाको मृत्यु



रुसमा पछिल्लो २४ घण्टामा १ लाख २४ हजार ७० जना कोभिड-१९ बाट संक्रमित भएका छन् । साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित मध्ये ९ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ ।

यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो । सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १ सय ३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।