हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँलिदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन् ।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए । चौँरी गोठ सार्ने क्रममा हउँपहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए । उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन ।


हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उहाँहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए । समुद्रि सतहबाट चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए ।