संक्रमण पुष्टिपछि सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा : महामन्त्री शर्मा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण भएपछि आइसोलेसनमा नबसी सार्वजनिक कार्यक्रममा सहभागी हुनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संक्रमण पुष्टि भएको चार दिनपछि एउटा सार्वजनिक कार्यक्रममा सहभागी भएको तर्फ संकेत गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।


उनले भनेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो  । पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा र अन्यको जीवनप्रति गम्भीर खेलबाड समेत हो  । यही ज्ञान र विज्ञान आत्मसात गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु । जय नेपाल !’